जग्गा दृष्टिबन्धकी भन्दै राजिनामा हस्ताक्षर गराएपछि न्यायको खोजिमा पीडित

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा एक व्यवसायीले एक सुनार परिवारलाई जालझेलमा पार्दै हेटौंडा–१३ स्थित ११ कठ्ठा १६ धुर जग्गा आफ्नो नाममा पास गराईएको पाईएको छ । तत्कालिन हेटौंडा नगरपालिका वडा नम्वर ३ पिपल बोटमा सुन पसल राखेर व्यवसाय गरिरहेका बाबु पदमबहादुर सुनार र छोरा जगतबहादुर सुनार परिवारको ११ कठ्ठा १६ धुर जग्गालाई हेटौंडाका व्यवसायी नियमराज शाक्यले आफ्नो नाममा राजिनामा पास गराएको पाईएको हो ।
आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै छोरा जगत बहादुर सुनारले आफु र बाबु भएर व्यवसायलाई बढाउन घरभेटी समेत रहेका शाक्यसँग ५० हजार ऋण लिन सहमति गरेको तर, शाक्ले जग्गा दृष्टिबन्धकीको नाममा आफ्नो बाबुलाई जालझेल गरेर जग्गा राजिनामा पत्रमा हस्ताक्षर गर्न लगाएको प्रष्ट पारे ।
उनले २०५४ साल बैशाख १९ गते दृष्टिबन्धकीको नाममा आफ्नो परिवारको जग्गालाई शाक्यले आफ्नो नाममा राजिनामा गर्न लगाएर आफ्नो परिवारलाई सडकमा पुर्याएको बताए । ‘शाक्यले अनपढ बुवालाई झुक्याई राजिनामाको लिखित लेखिलेखाई गरेछन् । सुनारले भने,बुबालाई विश्वास दिलाई पछि रकम बुझिलिएका बखत जग्गा फुकुवा गर्नेछु भन्दै शाक्यले विश्वासमा पारी उक्त जग्गा दृष्टिबन्धकी भनेर राजिनामा लिखित गर्दै आफ्नै नाममा पास गर्न लगाएछन् ।’
सुनारले आफ्नो जग्गा शाक्यको नाममा रहेको २०५९ सालमा थाहा पाएको बताए । उनले भनेः जसको घरमा वर्षौ सुन पसल राखेर व्यवसाय गरे । विश्वासमा काम गर्यौ । उसैले विश्वासघात गर्यो । ‘जग्गा शाक्यको नाममा गएको भनेर थाहा पाएपछि हामी बाबुछोरा २०५९ सालमै शाक्यलाई भेट्न उनकै घरमा धेरैपटक गयौ । तर, उनले आफुले खरिद गरेको भन्दै हप्काएर हामीलाई थर्काए । सुनारले भने,२०६३ सालसम्म हामी बाबुछोरा जग्गा फिर्ता गर्न रकम चुक्ता गर्न पटक पटक प्रयास गर्यौ । सोही वर्ष बुबाको निधन पनि भयो ।’
उनले ६३ सालमै शाक्यले मालपोत कार्यालयमा गएर राजिनामाको लिखित लेखाईसकेपछि रकम बुझ्नुपर्नेमा व्याजको विषयमा विवाद गर्दै जग्गा फिर्ता नगरि फर्किएको बताए । उनले उक्त जग्गा हालपनि आफैले भोगचलन गर्दै आएको बताए । उनले शाक्यसँग पटक–पटक जग्गा नामसारी गर्न अनुरोध गरेको तर, उल्टै धम्की दिने गरेको समेत बताए ।
‘शाक्यलाई पटकपटक भेटगरी तपाईले राख्नु भएको धितो स्वरुपको हामीहरुको जग्गा नामसारी गरिदिनुहोस्, रकम हिसाब गरी चुक्ता गर्नेछु भनेर अनुरोध गर्दा पनि उनले हुन्छ मात्र भने । सुनारले भने,२०७३ चैत देख पटकपटक शाक्यलाई भेट्दा सम्पती फिर्ता गर्न अनुरोध गरे । उनको घर,पसलमा गएर रकम साँवा ब्याज हिसाब गर्न तयार छु भन्दा हुन्छ भनेर आश्वासन दिदै आएकोमा कहिले काठमाण्डौ गएर आएर दिन्छु,कहिले बिरामी छु,कहिले कामले फुर्सद छैन भन्दै आलटाल गर्दै आए । २०७८ मंसिरमा मलाई अभद्र व्यवहार गर्दै जग्गा आफुले खरिद गरेको बताउँदै खरिद गरेको जग्गा माग्न आएमा राम्रो नहुने भन्दै ज्यान लिने सम्मको धम्की दिए ।’
उनले आफ्नो परिवारले उक्त जग्गा २०२२ सालदेखि निरन्तर खेती गर्दै आएको बताए । उनले शाक्यको अन्याय विरुद्ध जिल्ला अदालतमा जालसाजी मुद्दा दिएको तर हाल विचारधिन रहँदा शाक्यले विभिन्न व्यक्तिहरु पठाउँदै जग्गा खाली गर्न तथा खेतजोत नगर्न भन्दै धम्की दिने र आफ्नो ज्यान समेत लिन सक्ने धम्की दिएर आफु र परिवारलाई मानसिक तनाव दिईरहेको बताए ।
उनले सम्मान पूर्वक बाच्न पाउने, सम्पतीको आर्जन, भोग र संरक्षण गर्न पाउने हक प्रत्येक नेपाली नागरिकलाई संविधानले नै प्रत्याभुत गरेको अवस्थामा आफु र परिवारको शान्ती सुरक्षाको माग समेत गरे । उनले उक्त पैतृक सम्पत्ति शाक्यबाट फिर्ता गराउन सम्बन्धित सरोकारवाला निकायहरुलाई अनुरोध गरे ।
पत्रकार सम्मेलनमा बोल्दै ५२ वर्षदेखि लेखापढीको काम गर्दै आएका उदयराज ओलीले सुनारले न्याय पाउनुपर्ने बताए । उनले दृष्टिबन्धकीको नाममा कानूनी रुपमा जग्गा अरुको नाममा गएको भएपनि सुनारको पैतृक सम्पत्तिमा हक रहेको बताए । यस्तै, पत्रकार सम्मेलनमा बोल्दै छिमेकीहरु सानु लामा र मनमाया गुरुङले पनि शाक्यबाट सुनारमाथि विश्वासघात भएको र पीडितलाई न्याय दिनुपर्नेमा जोड दिए ।

मकवानपुर क्याम्पसले रच्यो ईतिहास, बिधार्थीले गरे नेपाल टप
हेटौंडा। मकवानपुर बहुमुखी क्याम्पसका बीबीएका बिधार्थीले उत्कृष्ट नतिजा प्राप्त गर्दै, नेपाल टप गरेका छन्। यसै बिच क्याम्पसले खुसीयाली र्यालीको

अखिल (क्रान्तिकारी) मकवानपुरको दोश्रो पूर्ण बैठक सम्पन्न
मकवानपुर । अखिल (क्रान्तिकारी) मकवानपुरको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ । जिल्ला अध्यक्ष सुर्य सीको अध्यक्षतामा बसेको बैठकले आसन्न स्ववियु

अखिल (क्रान्तिकारी) नारायणी व्युरोको प्रथम बैठक सम्पन्न
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) नारायणी व्युरोको प्रथम बैठक सम्पन्न भएको छ । बैठकले आसन्न स्ववियु निर्वाचन विशेष





प्रतिकृया दिनुहोस