ताजा खबर

मकवानपुर क्याम्पसले रच्यो ईतिहास, बिधार्थीले गरे नेपाल टप 

SITENAME

 

हेटौंडा। मकवानपुर बहुमुखी क्याम्पसका बीबीएका बिधार्थीले उत्कृष्ट नतिजा प्राप्त गर्दै, नेपाल टप गरेका छन्। यसै बिच क्याम्पसले खुसीयाली र्यालीको आयोजना गर्दै बिधार्थीहरुको सम्मान र बधाई कार्यक्रम सम्पन्न गरेको छ। त्रिभुवन विश्वविद्यालयले गत बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार नेपाल भरी कै पहिलो देखि नौ स्थान सम्म मकवानपुर बहुमुखी क्याम्पसकै बिधार्थीहरुले अग्रता हासिल गरेका हुन्।
पाँचौ सेमेस्टरमा ३३ जना बिधार्थीले परीक्षा दिएका थिए भने परिक्षामा सहभागी सबै बिधार्थीले उत्कृष्ट नतिजा ल्याएका छन्। मकवानपुर बहुमुखी क्याम्पसका निर्देशक मधुकुमार सिंहले क्याम्पसले बीबीए र बीबीएम कार्यक्रममा निरन्तर उत्कृष्ट नतिजा हासिल गरिरहेको बताए।
मकवानपुर बहुमुखी क्याम्पसकी इरा लामा, ईशा श्रेष्ठ, क्रिष्टिना दाहाल, सैय्यद अतिफा हसन र सैय्यद अफिफा हसनले ४ जीपीए ल्याएका हुन्।
यस बर्ष पहिले पनि मकवानपुर बहुमुखी क्याम्पसले उत्कृष्ट नतिजा हासिल गरेको फलस्वरुप र्याली निकालिएको थियो। बिधार्थी र शिक्षकको मेहनत र परिश्रमको परिणाम स्वरुप क्याम्पसले उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको क्याम्पस प्रमुख डा। शंकर उपाध्यायले हामीलाई बताउनुभयो।

प्रतिकृया दिनुहोस
SITENAME

अखिल (क्रान्तिकारी) मकवानपुरको दोश्रो पूर्ण बैठक सम्पन्न

  मकवानपुर । अखिल (क्रान्तिकारी) मकवानपुरको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ । जिल्ला अध्यक्ष सुर्य सीको अध्यक्षतामा बसेको बैठकले आसन्न स्ववियु

SITENAME

अखिल (क्रान्तिकारी) नारायणी व्युरोको प्रथम बैठक सम्पन्न

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) नारायणी व्युरोको प्रथम बैठक सम्पन्न भएको छ । बैठकले आसन्न स्ववियु निर्वाचन विशेष

SITENAME

चर्को बैंक ब्याजदर, लघुवित्त र मिटर ब्याजिको ज्यादती विरुद्ध नेकपा मकवानपुरको विरोध प्रदर्शन

  मकवानपुर । विभिन्न किसिमका वित्तीय संघसंस्था तथा मिटर ब्याजी पीडितले नेकपा मकवानपुरको नेतृत्वमा चर्को बैंक ब्याजदर, लघुवित्त र मिटर ब्याजिको

↑