अखिल (क्रान्तिकारी) मकवानपुरको दोश्रो पूर्ण बैठक सम्पन्न

मकवानपुर । अखिल (क्रान्तिकारी) मकवानपुरको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ । जिल्ला अध्यक्ष सुर्य सीको अध्यक्षतामा बसेको बैठकले आसन्न स्ववियु निर्वाचन सम्बन्धि महत्त्वपूर्ण निर्णय गरेको छ ।
२४ औं जिल्ला समितिको दोश्रो पूर्ण बैठक आज मकवानपुर बहुमुखी क्याम्पसमा बसेको हो । बैठकमा पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज राम सीको प्रमुख आतिथ्यता र अखिल ९क्रान्तिकारी० का केन्द्रिय सचिवालय सदस्य तथा नारायणी व्युरो इन्चार्ज विवेक सीको आतिथ्यता रहेको छ ।
बुधबार बसेको बैठकले विशेषगरी चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन बारे महत्त्वपूर्ण निर्णय गरेको छ । मकवानपुरका स्ववियु निर्वाचन हुने क्याम्पसहरु मध्य विद्यार्थीको सबैभन्दा बढी जनघनत्व भएका क्याम्पसहरुमा व्यापक तयारी गर्ने विषयमा बैठकले जोड दिएको छ । साथै स्ववियुको स्थापनाकालिन ऐतिहासिक महत्त्वलाई बचाइराख्न अखिल ९क्रान्तिकारी० ले विशेष भुमिका निर्वाह गर्नुपर्ने भन्दै बैठकका प्रमुख अतिथी राम सीले प्रशिक्षणात्मक मन्तव्य राखेका छन् ।
साथै बैठकले अखिल (न्तिकारी) मकवानपुरको सदस्यीय सचिवालय पनि गठन गरेको छ । जसमा उमेश सी, झर्ना सी र आकाश सीलाई सचिवालयमा तानिएको छ । त्यस्तै २४ औं जिल्ला सम्मेलनबाट पारित जिल्ला समितिमा दुईजना थप गरि ३१ सदस्यीय जिल्ला समिति बनाइएको छ । थप हुनेमा मंगल सी र निमा सी रहेका छन् ।

मकवानपुर क्याम्पसले रच्यो ईतिहास, बिधार्थीले गरे नेपाल टप
हेटौंडा। मकवानपुर बहुमुखी क्याम्पसका बीबीएका बिधार्थीले उत्कृष्ट नतिजा प्राप्त गर्दै, नेपाल टप गरेका छन्। यसै बिच क्याम्पसले खुसीयाली र्यालीको

अखिल (क्रान्तिकारी) नारायणी व्युरोको प्रथम बैठक सम्पन्न
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) नारायणी व्युरोको प्रथम बैठक सम्पन्न भएको छ । बैठकले आसन्न स्ववियु निर्वाचन विशेष

चर्को बैंक ब्याजदर, लघुवित्त र मिटर ब्याजिको ज्यादती विरुद्ध नेकपा मकवानपुरको विरोध प्रदर्शन
मकवानपुर । विभिन्न किसिमका वित्तीय संघसंस्था तथा मिटर ब्याजी पीडितले नेकपा मकवानपुरको नेतृत्वमा चर्को बैंक ब्याजदर, लघुवित्त र मिटर ब्याजिको





प्रतिकृया दिनुहोस