माओवादी केन्द्रको स्थायी कमिटी बैठक बिना निष्कर्ष सकिएको
नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बिना निष्कर्ष सकिएको छ।शुक्रबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको बैठकले पदाधिकारी टुंगो लगाउने भनिए पनि बैठक निष्कर्ष बिना नै सकिएको हो।बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको बारेमा लगभग टुंगो लागि सकेपनि निर्णय भने भइनसकेको जानकारी दिए।उनले आगामी निर्वाचनको विषयमा पनि बैठकमा विस्तृत छलफल भएको बताए।
उनले पार्टी अध्यक्ष पुष्पकमल दाहालको कार्य व्यस्तताका कारण पनि पदाधिकारीको टुंगो लाग्न नसकेको बताए। माओवादी केन्द्रको बैठक केही दिन यता पदाधिकारी टुंगो लगाउने भन्दै निरन्तर बसिरहेको छ।यद्यपी पदाधिकारीको टुंगो भने विविध कारण वश लाग्न सकेको छैन।पार्टी स्थायी कमिटीको अर्को बैठक शनिवार १ बजेका लागि बोलाइएको छ।

पार्टी मिलाएर गठबन्धन जोगाउन देउवालाई सकस
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको आन्तरिक दबाब र सत्तासहयात्री दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट मिलाउन सकसमा परेका

दलीय भागबण्डामा नेतृत्व घोषणा स्वतन्त्र रेडियो सञ्चालकको बेग्लै नेतृत्वे
काठमाडौं । व्यावसायिक रेडियोहरूको छाता संगठन ब्रोडकास्टिङ एसोसियसन नेपाल (बान) को सातौं महाधिवेशन तथा १८ औं साधारणसभामा राजनीतिक दलका भ्रातृ
सत्तारूढ गठबन्धनको बैठक अपरान्ह बस्दै, सिट बाँडफाँडसम्बन्धी छलफल हुने
सत्तारूढ गठबन्धनको बैठक सोमबार बस्दै छ।प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा आज अपरान्ह ३ बजे गठबन्धन बैठक बस्ने एकीकृत





प्रतिकृया दिनुहोस