ताजा खबर

चर्को बैंक ब्याजदर, लघुवित्त र मिटर ब्याजिको ज्यादती विरुद्ध नेकपा मकवानपुरको विरोध प्रदर्शन

SITENAME

 

मकवानपुर । विभिन्न किसिमका वित्तीय संघसंस्था तथा मिटर ब्याजी पीडितले नेकपा मकवानपुरको नेतृत्वमा चर्को बैंक ब्याजदर, लघुवित्त र मिटर ब्याजिको ज्यादती विरुद्ध विरोध प्रदर्शन गरेका छन् । साथै उक्त टोलिले मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई भेटी १६ बुँदे मागपत्र समेत पेस गरेको छ ।

आजभोली दलाल पुँजीपती वर्गको पक्षपोषण गर्दै विभिन्न किसिमका वित्तीय संघसंस्थाहरु सहरबाट गाउँ छिर्न थालेको छ । बचत गर्ने नाममा गाउँठाउँका सोझा साझा नागरिकबाट पुँजी संकलन गरि एकमुष्ट पुँजी परिचालन गरि यथेष्ट आमदानी गरेको छ भने बचतकर्तालाई मारमा पार्ने गरि चर्को ब्याजदरमा लोनको व्यवस्था गरेको छ । जसको प्रत्यक्ष असर स्वदेशमा नै बसेर केही गर्छु भन्ने युवा उद्यमीहरुमा परेको देखिन्छ । साथै लघुवित्तले पनि गाउँसहरमा आफ्नो ज्यादती मच्चाइरहेको छ । 

त्यस्तै मिटर ब्याजिले समाजमा बिकृती निम्त्याइरहेको छ । सयौंको घरबार बिग्रेको छ भने कयौंको परिवारमा आर्थिक संकट पैदा भएको छ । यो समस्या तराई क्षेत्रमा बढी देखिन्छ । बिस्तार बिस्तार पहाडी क्षेत्र हुँदै उत्तर तर्फ फैलिएको देखिन्छ । यसबाट गाउँ सहरका नागरिक पीडित भएका छन् ।

यो समस्या दलाल पुँजीवादी संसदीय व्यवस्थाले सिर्जना गरेको समस्या हो । जबसम्म यस्तो चरित्र भएको व्यवस्था खारेज गरेर वैज्ञानिक समाजवाद ल्याउन सकिँदैन तबसम्म यस्ता समस्याहरुले कहिल्यै छोड्दैनन् । यसकारण विभिन्न वित्तीय संघसंस्था तथा लघुवित्तमा आवद्ध भइ पीडित भएका र मिटर ब्याजिबाट ठगिएका सबै जनतालाई सहभागी गराउँदै चर्को बैंक ब्याजदर, लघुवित्त र मिटर ब्याजिको ज्यादती विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले संघर्ष अघि बढाएको छ । 

नेपाल कम्युनिस्ट पार्टीले वित्तीय संस्था र मिटर ब्याजिको यो ज्यादती विरुद्ध फाल्गुन ५ गते देशैभर विरोध प्रदर्शन गर्ने तथा जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाउने निर्णय लिए अनुसार आज मकवानपुरमा पनि र्‍याली सहितको विरोध प्रदर्शन गरिएको छ । बागमती प्रदेशको राजधानी हेटौंडाको बुद्धचोकबाट सुरु भएको र्‍याली लोकप्रिय चोक, मानस चोक, नगरपालिका रोड हुँदै जिल्ला प्रशासन कार्यलयसम्म पुगेको हो । कार्यलय अघि भएको कोणसभा कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज राम सी, सेक्रेटरी सुर्य सी, उमेश गुणी र हरिकृष्ण अधिकारीले मन्तव्य राखेका छन् । कार्यक्रमको सन्चालन शान्ती प्रजाले गरेका थिए । 

कोणसभा कार्यक्रम सकिने बित्तिकै मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेलाई चर्को बैंक ब्याजदर, लघुवित्त र मिटर ब्याजीको ज्यादती विरुद्ध हस्ताक्षर संकलन सहितको १६ बुँदे मागपत्र बुझाएको छ । मागपत्र बुझाए सँगै जिल्ला इन्चार्ज राम सीले पीडित पक्षको माग अनुसार कामकारबाही अघि बढाउन जिल्ला प्रशासनले सहजीकरण नगरेमा अथवा सम्बन्धित पक्षले नमानेमा नेकपा मकवानपुर थप संघर्षमा उत्रिन बाध्य हुने कुरा समेत प्रष्ट पारेका छन् ।

प्रतिकृया दिनुहोस
SITENAME

मकवानपुर क्याम्पसले रच्यो ईतिहास, बिधार्थीले गरे नेपाल टप 

  हेटौंडा। मकवानपुर बहुमुखी क्याम्पसका बीबीएका बिधार्थीले उत्कृष्ट नतिजा प्राप्त गर्दै, नेपाल टप गरेका छन्। यसै बिच क्याम्पसले खुसीयाली र्यालीको

SITENAME

अखिल (क्रान्तिकारी) मकवानपुरको दोश्रो पूर्ण बैठक सम्पन्न

  मकवानपुर । अखिल (क्रान्तिकारी) मकवानपुरको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ । जिल्ला अध्यक्ष सुर्य सीको अध्यक्षतामा बसेको बैठकले आसन्न स्ववियु

SITENAME

अखिल (क्रान्तिकारी) नारायणी व्युरोको प्रथम बैठक सम्पन्न

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) नारायणी व्युरोको प्रथम बैठक सम्पन्न भएको छ । बैठकले आसन्न स्ववियु निर्वाचन विशेष

↑