ताजा खबर

लागुपदार्थ  दुर्ब्यसनीको लतले जगटिएको हाम्रो समाज

SITENAME

 

आज अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अबैध तस्करी बिरुद्ध दिवस विभिन्न कार्यक्रम गरि मनाइरहेका छौ।यसको प्रयोग र न्यूनीकरण सम्बन्धि चिन्ता व्यक्त गर्दैछौ। के यतिले मात्र कार्यक्रमले  सार्थकता प्राप्त गर्ला ?के समाज लागुपदार्थ र लागुऔषधको दुर्ब्यसनीबाट मुक्त होला यथार्थ फरक छ।आज विश्वमै महामारीको रुपमा फैलिएको महारोग  दुर्व्यसनी हो।हाम्रो देशमा पनि यो रोगले महामारिको रुप लिइसकेको यथार्थ हामि माझ छ।हरेक परिवर्तनका सम्बाहक भबिस्यका निर्माणकर्ताहरु यसरी क्षीण भइ  सप्पूर्ण परम्परागत सामाजिक,राजनैतिक तथा राष्ट्रिय सिमा नाघेको छ। यसले विश्वब्यापी रुपमै समस्या र अपराधको असय पिडा दिएको छ।यसको दुर्व्यसनी र कारोबारी कर्ताले आफ्नै शरीर परिवार,समाज र राष्ट्रलाइ नै कुठाराघात गरेको छ। नेपालको धेरै जसो सहरी लगायत ग्रामिण क्षेत्रमा समेत यसको पिडित छन्।बिशेसगरि युवा अवस्थामा उत्सुकता साथी-संगति पारिवारिक तनाब डिपरेसन आदिको कारणले यसको कुलतमा फसेको पाइन्छ।

विश्वमा अफिम क्षेत्रमा स्वर्ण त्रिभुजको नाम रहेको पाइन्छ।अफिम उत्पादन दक्षीण एसियाको तिन देशहरुको पहाडहरुको आसपास ३६७००० वर्ग माइलको क्षेत्र हो। म्यानमार,लाहोस र थाइल्याड संगै अफगाइस्तान यो सन् १९५० देखि एसियामा संसारको सबैभन्दा ब्यापक अफिम उत्पादन क्षेत्रहरु मध्ये एक भएको देखिन्छ। अफिमको दुध(बितभह) सुकाएर बनाएको पदार्थ हो।अफिममा १२ प्रतिसत सम्म मार्फिन पाइन्छ, जसबाट हिरोइन ड्रग्स बनाइन्छ।

उन्नाइसौ सताब्दीको मद्यमा चिन र ब्रिटेनको भएको २ वटा युद्दलाई अफिम युद्द भनीन्छ।यसरी लागुपदार्थ विश्वमै जटिल समस्या बनिसकेको छ।

 

नेपालको सन्दर्भ

सन् १९६० को दसकबाट पर्यटक भित्रिन थाल्यो अनि तिनै पर्यटक संगै (हिप्पी)सस्कृति पनी भित्रियो तेहि सस्कृतिले लागुपदार्थको प्रयोग पनी भित्रायो तेही समय देखी फस्टाउदै आजसम्म आइपुग्दा भयाभयको रुप लिएको छ।बिस्वमै १४ करोडको संख्यामा लागुपदार्थको दुर्व्यसनी रहेको र यसको प्रयोगले मर्नेको संख्या २ लाख ५३ हजार रहेको केही अघिल्ला बर्षको बिस्वस्वास्थ संगठनको तत्थाकमा रहेको छ।नेपालमा ३ लाख हाराहारीको संख्यामा लागुपदार्थको दुर्व्यसनी रहेको र कडा लागुऔषधि प्रयोगकर्ता  मात्रै  २०६३ सालको सर्बेक्षण अनुसार ४६३०९ संख्यामा छ। २०६९मा ६ बर्षको अवधीमा ९८५ ले वृद्धिभै ९१५३५ पुगेको छ। सामान्य लागु पदार्थरऔषध प्रयोग गर्ने त कति हो कति  देस र समाज  निर्माणमा लाग्नु पर्ने युवा यसरी क्षृण हुँदै जाने हो भने देसले ठूलो जनशक्ति गुमाउने छ।अर्को तर्फ बिस्वसंगठीत तस्करहरुले नेपाललाइ ट्रानजीट प्वाइट पनि बनाइ रहेको अवस्था छ कोकिन,हिरोइन,चरेस,अफिम र नयाँ नयाँ किसिमका जस्ता लागुऔषधका लागि नेपालि भुमि बाटोको लागि प्रयोग गरिन्छ। प्रहरीले महिनामै चार,पाच पटकसम्म लागुपदार्थ पक्रिएर सार्बजनिक गर्छ।तरपनि यसको प्रयोग र ओसारपसारमा कमी आएको छैन तस्कर र प्रयोग कर्ताले नया नया तरिका अपनाई झन् तिब्र गतिमा यसको कारोबार गरिरहेका छन् बिसेस गरी भारत संग तिनतिर खुल्ला सिमानाको कारणले गर्दा लागुपदार्थको कारोबार रोक्न कठिन भएको प्रहरी स्रोतले भन्दै आएको छ्र नेपालको अन्तरास्ट्रिय एयर्पोट बाट पनि भारी परिमाणमा लागुपदार्थ ओसारपसारभै रहेको छ। बेलाबेलामा लागुपदार्थ समातिएको समाचारले यो पुष्ठि गर्छ।

 

यसको प्रयोगले मानिसको शारीरिक तथा मानसिक दुर्लवता ल्याउनुको साथै मस्तिक,मुटु र  फोक्सो जस्तो संबेदनसिल अंगमा असर गर्छ र यसले उत्तेजना, भर्म जस्ता अवस्था सिर्जना गर्छ जसले गर्दा समाजमा झैँ झगडा,चोरी,डकैति,आत्महत्या जबर्जस्ती करणी बेस्याबृति हत्या जस्ता  अपराध बददै गएको छ।

 

लागुपदार्थ नियन्त्रण रास्ट्रय नीति २०५२ को कार्यबहन भएको एक दसक बितिसकेको छ।नेपालमा ग्रहमन्त्रालय अन्तरगत लागुपदार्थ नियन्त्रण महाशाखा खोलिएको छ। तरपनि अपेक्षा अनुरुप निराकरण हुन सकेको छैन  नेपालमा प्रहरी त सक्रिय छन् तरपनि कुल कारोबारको १२ प्रतिसत मात्र प्रहरीको हात लाग्ने लागुपदार्थ नियन्त्रण ब्युरोको सन् २०१२को डाटा देखिएको छ बाकी ८८५ कारोबार भैरहेको छ १२५ आधारले हिरोइनको मात्र अर्थतन्त्र केलाउने हो भने मुलुकमा प्रतिवर्ष ६० करोडको कारोबार रहेको छ ।

बास्तबमै युवापुस्तामा यो एउटा डरलाग्दो समस्याको रुपमा देखिएको छ दिनप्रतिदिन युवापुस्ता अध्यारोतिर धकिलिदै छन् यसरी नै तीब्रताले अघि बडने हो भने भोलीको युवापिड़ीको अवस्था कस्तो होला हामी सजिलै अनुमान लगाउन सक्छौ। आज देशमा उद्योगधन्दा कलकारखाना खोली रोजगारी दिनुपर्नेमा पुनरस्थापना केन्द्र स्थापना गर्नु पर्ने बिडम्बना रहेको छ  बिसेस गरी कलेज,प्लस टु पुस्तामा लागुऔषध प्रयोगको लत बडदै गएको छ प्रहरीको भनाइ अनुसार परिवार र अभिभाबकको  हेलचकराइ र निगरानीको अभाबमा युवा पुस्ता लागुपदार्थको कुलतमा फस्दै गएको छ। सन् २०१२ मा काठमाडौँ उपत्यका मात्र आधार मान्ने हो भने लागुपदार्थको प्रयोग प्लस टु पुस्तामा डरलाग्दो गरी फैलिएको छ। उपत्यकामा सम्पूर्ण लागुपदार्थ प्रयोगकर्ता मद्धे ३१५ प्रयोग कर्ता प्लस टु का छन् भने १५ देखि ३५ वर्ष उमेर समूहका ९६५ यो कुलतमा फसेको छन् यी मध्धे २१५हेपाटाइटिस,एच।इ।भी जस्ता रोगका शिकार छन् उपत्यकामा प्रतिवर्ष प्रहरीको फन्दामा पर्ने लागुऔषध प्रयोग कर्ता बददो क्रममा छन्। सन् २००९मा ९सय ३८,सन् २०१०मा बढेर १४सय ४३,सन् २०११मा २१सय ६३ र २०१२मा २६सय २ लागुऔषध प्रयोग कर्ता ब्युरोले समातेको छन् लागुऔसद समातिएको हकमा हेर्ने हो भने सन् २०११मा ४७हजार् पाचसय ६० एम्पुल,६हजार् १सय ५१ग्राम हिरोइन र ५० कुइन्टल गाजा बरामत गरेको थियो।

 

न्यूनीकरण सम्बन्धमा

 

युवा पुस्तामा देखिएको यो डरलाग्दो  समस्यालाइ निराकरण गर्ने सबैको दाइत्व हो।यसलाइ स्थानीय तह देखीनै सम्बोधन गर्दै लैजानु पर्ने हुन्छ।हेटौंडा उपमहानगर पालिकाकै कुरा गर्ने हो भने पनि यो बिषयमा खासै गम्बिर भएको देखिन्न कति संख्यामा लागुपदार्थ प्रयोगकर्ता छ्न भन्ने तथ्यांकनै छैन। बिकास निर्माण,आधारभुत आवस्यक्ताको बिषयमा मात्र नभइ युवाको यो गम्भीर बिषयमा पनि बिषेस चासोका साथ काम गर्नु पर्ने आवस्यकतालाइ मद्यनजर गर्दै हेटौंडा उपमहानगरपालिकाको बिशेश  ध्यानाकर्षणहुनु पर्ने टड्कारो आवस्यक छ। सम्बोधनको पाटोमा नगर भित्र रहेका १९ ओटै वडाका प्रतेक टोल बिकास मार्फत लागुपदार्थ प्रयोग गर्नेहरुको संख्या माग गरौ। संकलित तथ्यांक अनुसार उपयुक्त स्थानहरू खाली रहेका सरकारी भवनहरु०पहिचान गरि स्थानीय सरकार मार्फत पुनस्थापना केन्द्रहरु निर्माण गरौ। तथ्यांक अनुरुप संख्याका लागु पदार्थ प्रयोगकर्ताहरुलाइ  केन्द्रमा लगिने बाताबरण बनाउ। उनिहरुलाइ आवस्यक प्रशिक्षक औषधि आदि उपमहानगरपालिकाले ब्यवस्थापन गर्ने।खाना ओढ्ने ओछ्यान आदिमा केही अभिभावक बाकी महानगरपालिका बाट ब्यबस्था मिलाउने। केही महिना पछि केही सुधार पच्यात उनिहरुको सुधारकेन्द्र भित्रै इच्छा अनुरुप शिपमुलक तालिम प्रधान गरौ। खेलाडी,संगीत छेत्र आदिमा रहेका लाई त्यही छेत्रमा स्थापित गर्ने भुमिका निर्वाह गरौ। केही महिना पछि पुर्णरुपमा स्वस्थ्य र शिपलिएर बाहिर आएकाहरुलाइ  समाजमा स्थापित गर्नको निमित्त रोजगारि श्रृजना गरौ। आर्थिक स्थिती सबल भएकाहरुले स्वरोजगार हुन समस्या रहेन। अन्य आर्थिक स्थिति कमजोरहुने हरुले सरकार मार्फत युवा अन्तर्गत छुट्टाइएका, युवा परिषद,युवा स्वरोजकार लगाएत सस्थाहरु मार्फत आर्थिक कर्जा उपलब्ध गराउने र जस( जसले सीपअनुरुपको रोजगारीको इच्छुक हुनुहुन्छ वहाहरुलाइ हेटौंडा उपमहानगरपालिका भित्र रहेका ४०० उद्योगमा उद्योगसङको सहकार्यमा  सिपको आधारमा रोजगारी शृजना गरौ। यसरी लागुपदार्थ प्रयोगकर्ताहरु स्वस्थ्य पनि हुने रोजगारी पनि हुने भएपछि समाजमा स्थापित हुँदै उत्पादन सङ जोडिन्छ्न। केही फेरि कुलतमा लागेमा फेरि सपार्न सकिन्छ। यसरी यो कार्यलाइ निरन्तरता दिदैजाने हो भने कुनै समयमा उपमहानगरपालिकालाइ दुरब्यसनी मुक्त पार्न सकिन्छ।

तसर्थ सरकारले प्रयाप्त रोजगारीको सिर्जना गर्ने युवामैन्त्री कार्यक्रम गर्ने युवाहरुलाई बेस्त बनाउने यसको प्रयोग बाट हुने हानी नोक्सानीको जनचेतना फैलाउने करोबारीलाई कडा कानुन बनाइ कार्यबहन गर्ने दिसा तर्फ अगाडी बढेमा युवा पुस्तालाइ बचाउन सकिन्छ।

प्रतिकृया दिनुहोस
SITENAME

राजनीतिबाट टाढा रहन सक्दिन; अधिकारी

  राजनीतिक अभियान्ता तथा अधिवक्ता बिशभ अधिकारीले आफु राजनीतिक मान्छे भएको र राजनीतिबाट धेरै समय टाढा रहेर स्वतन्त्र बस्न नसक्ने कुराको जिकिर

SITENAME

नागरिकता विधेयकको नाममा भएका भित्रिय राजनीति

  नागरिकता विधेयक संसदबाट पास गरे लगत्तै देशमा यसको विषयमा व्यापक बिरोध भैरहेको छ। नागरिकता विधेयक आवश्यकता अनुसार ल्याउनु पर्छ। तर विधेयकको

SITENAME

अज्ञानताको पर्दा हटाउ करुणा,प्रेम दयाको बिउ रोपौ

हाल एउटा बिषय, जसले चर्चा पाइरहेको छ । जुन हजारौं सालदेखि हाम्रो समाजमा  चलिरहेको छ । त्यो हो जात, लिङ्गको आधार गरिने बिभेद र छुवाछूत, जुन अहिले सडक र

↑