ताजा खबर

नागरिकता विधेयकको नाममा भएका भित्रिय राजनीति

SITENAME

 

नागरिकता विधेयक संसदबाट पास गरे लगत्तै देशमा यसको विषयमा व्यापक बिरोध भैरहेको छ। नागरिकता विधेयक आवश्यकता अनुसार ल्याउनु पर्छ। तर विधेयकको नाममा   पास गरिएका बुदाहरु जसले राष्ट्रियतानै समाप्त पार्छ भने त्यो आम नेपालिलाई मान्य हुदैन।इतिहास देखिनै हेर्ने हो भने पनि विशेषगरि भारतले हाम्रो देशमाथि गिद्दे दृस्टी  लगाउदै आएको छ। विभिन्न समयमा उसले नेपालको विषयमा गरेको क्रियाकलापहरुले प्रमाणित भैसकेको छ । स्मरणको लागि विभिन्न समयमा आफू माथी पर्ने गरि गरिएको रास्ट्रघाती  संधि,सम्झौताहरु,हाम्रा नदिनालाहरु माथिको कब्जा, सरकार निर्माण र गिराउने खेलमा संलग्न भुगोल र जनसंख्याको आधारमा संसदमा प्रतिनिधित्व हुनुपर्ने भनाइ,हिन्दी भाषा राष्ट्रिय भाषा हुनु पर्ने, नेपाल भारत सहयोग लेखेर स्कुल अस्पताल,एम्बुलेन्स जस्तो  संवेदनशील क्षेत्रमा लगानी,महावाणिज्य दूतावासको स्थापना,संविधान निर्माणको समयमा ७ बुदामा संशोधनको लागि ठाडो हस्तक्षेप,दार्चुला जिल्लाको ब्यास क्षेत्रको कब्जा लगायत विभिन्न बहानामा देशको अस्तित्व समाप्त पार्ने रणनीति अन्तर्गतको कार्यनीति एकपछि अर्को आएका हुन। भारतिय खुफिया एजेन्सी र अ का तत्कालीन समयका दोस्रो दर्जाका अधिकारी आर के यादवले लेखेका मिसन रअ पुस्तकमा रअ का चिफ कावोलाइ नेपालको तराइ टुक्राउन तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले आदेश दिएको भनाइले पनी भारतको हाम्रो मुलुक प्रतिको हेराइ प्रस्ट हुन्छ।

 

हाल आएको नागरिकता बिधेयकमा जन्मसिद्ध र अंगीकृत नागरिताको सन्तानले बंशजको नागरिता पाउने,बिदेशी महिला बिहे गरेर आउने बित्तिकै नागरिकता प्राप्त गर्ने,बेवारिसे प्रमाणित भए नागरिता पाउने प्राबधान रहेको  छ। यसमा सकारात्मकताको  पाटो दर्साइएता पनि त्यसको आडमा बिदेशी,विशेषगरि भारतियलाई अधिक भन्दा अधिक नेपाली नागरिकता बाड्ने रणनीति रहेको छ।

 

२०४६ साल चैत मसान्त  भित्र जन्मेकालाई जन्म सिद्ध अधिकार अन्तर्गत नागरिकता बाड्ने काम भयो। जसमा कागत पत्र मिलाइ ४० लाख भन्दा बढि भारतियलाई नागरिकता बाड्ने काम भयो। जो अहिले पनि भारतमै बस्छ्न  । यो नागरिकता प्राप्त गर्नेको सन्तानले बंशजको नागरिता पाउने भए भने प्रत्येकको एक सन्तानको दरले पनि ८० लाख भन्दा बढी भारतियले बंशजको नागरिता पाउनेछ्न। यसो भएमा यो देशको स्थिति के होला र भविस्य कस्तो होला भन्ने हामी सजिलै अनुमान लगाउन सक्छौ ।  तसर्थ नागरिकता छानबिन आयोग गठन गरि फर्जी नागरिकता रद्द गरिनु पर्छ।

 

विदेशी महिलाले विवाह लगत्तै नागरिकता पाउने हो भने  एउटा  विदेशी नागरिकमा नेपालप्रती अपनत्व हुदैन? जस्तो  भारतिय चेली विवाह गरि नेपाल आउने हो भने उसलाइ नेपालको रहनसहन भेषभुषा इतिहास शत्रुमित्र आदिमा अनबिज्ञ हुन्छ,देश प्रती माया हुदैन। उसले त हमारा भारत महान भन्ने बुझाइ हुन्छ। यस्तो अवस्थामा उसले भारतिय बुझाइ नै उसको बुझाइ हुन्छ। जस्तो पाकिस्तान भारतको लागी दुश्मन हो भने हाम्रो मित्ररास्ट्र हो, तसर्थ नागरिकता प्राप्तिको लागि समय अवधि राखिनु पर्छ।

 

बेवारिसे प्रमाणित भएमा बंशज नागरिकता दिने प्रावधान भयो भने हाम्रो देशको तीन तिर भारत सङ्ग खुल्ला सिमाना जोडिएको छ। आउने जानेको कुनै तथ्यांक राखिने गरेको छैन। यस्तो अवस्थामा सजिलै भारतले धेरै भन्दा धेरै नागरिक नेपाल पठाइ नागरिता लिने काम गर्छ। तसर्थ बोडरमा आउने जानेको कडाइ रुपमा तथ्यांक राखिनुपर्छ।अस्थाइ कार्डको ब्यवस्था गरिनु पर्छ।  नागरिकता संवेदनशील  विषय भएकोले यसलाई गम्भीरता पुर्वक हेरिनु पर्छ। यदि यसो हुन सकेन भने ढिला चाडो देश सिक्किमिकरण हुने नभए फिजिकरण हुने निश्चिति छ।

 

चारहजार बर्ष देखि अस्तित्वमा रहेको कहिल्यै कसैको उपनिवेश नभएको हाम्रो देश सन१९४७ मा अस्तित्वमा आएको भारतको गुलाम हुनु पर्यो भने कस्तो अवस्था होला कल्पना गर्न पनि सकिन्न।सिक्किममा जस्तो भारतमा बिलय भए पस्छ्यात देश बिकास हुन सक्छ समृद्धि आउन सक्छ।तर हामिले हाम्रो राष्ट्रियता,स्वाधीनता र स्वतन्त्रता गुमाउने छौ।के त्यो हामीलाई मान्ने हुनेछ र ?

उदाहरणका लागि तपाईं हामिले घरमा विभिन्न जातका कुकुरहरु पाल्ने गर्छौ। तिनिहरुलाइ उनिहरुको लागि बनाइएका खानेकुरा बजारबाट ल्याएर ख्वाउछौ,महङ्गो   बासनादार पर्फ्यु पर्योग गर्छौ तर तिनिहरुलाइ कि त पिजडा भित्र राख्छौ, कि त घाटिमा सिक्री बाधेर राख्छौ। उनीहरुको  स्वतन्त्रता माथी धावा बोल्छौ। एउटा जनावर लाई त त्यो अवस्था मान्य हुदैन भने तपाई हाम्रो अवस्था तेस्तो हुन गयो भने हाम्रो स्वतन्त्रता हनन हुने अवस्था सृजना भयो भने के हामिलाइ मान्य हुन्छ त ?

तसर्थ नागरिक विधेयक भित्रको खेल हामिले बुज्न आवश्यक छ।मंसिर ४ मा सङ्घ र केन्द्र्को चुनाब तोकिसकिएको छ।यस्तो अवस्थामा नागरिकता विधेयक ल्याउनुको रहस्य के हो तसर्थ ढिला नगरी हामी आम नेपाली जुनसुकै पार्टी ,बिचार सिद्धान्तमा आवद्ध भएता पनि ति सबै  बाट माथी उठि आम नेपाली भएर सोच्नु पर्ने भएको छ।पार्टीका नेताहरुले लिएका  गलत निर्यणलाई गलत भन्ने ल्यागत आम पार्टीका कार्यकर्ताले राख्न सक्नु पर्छ। त्यस्ता नेताहरुलाइ नङ्ग्याउन सक्नु नै असल कार्यकर्ताको पहिचान पनि हो।त्यसैले हामिले असल नेता र खराब नेता छुट्टाउदै आफ्नो मतको सहि प्रयोग गर्न सक्नुनै  देशभक्त नेपालीको दाइत्व हो यसलाई आत्मसात गरौ। देशका निर्माण ,रक्षा गर्छु भन्दै निर्णायक तहमा पुगेका तर  विदेशी ताबेदारी गर्नेहरुलाइ पाखा लगाउ नेपाली नागरिकको परिचय दिउ।

हेर्दा सामान्य तर गम्भिर  Û Û

 

प्रतिकृया दिनुहोस
SITENAME

राजनीतिबाट टाढा रहन सक्दिन; अधिकारी

  राजनीतिक अभियान्ता तथा अधिवक्ता बिशभ अधिकारीले आफु राजनीतिक मान्छे भएको र राजनीतिबाट धेरै समय टाढा रहेर स्वतन्त्र बस्न नसक्ने कुराको जिकिर

SITENAME

लागुपदार्थ  दुर्ब्यसनीको लतले जगटिएको हाम्रो समाज

  आज अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अबैध तस्करी बिरुद्ध दिवस विभिन्न कार्यक्रम गरि मनाइरहेका छौ।यसको प्रयोग र न्यूनीकरण सम्बन्धि चिन्ता व्यक्त

SITENAME

अज्ञानताको पर्दा हटाउ करुणा,प्रेम दयाको बिउ रोपौ

हाल एउटा बिषय, जसले चर्चा पाइरहेको छ । जुन हजारौं सालदेखि हाम्रो समाजमा  चलिरहेको छ । त्यो हो जात, लिङ्गको आधार गरिने बिभेद र छुवाछूत, जुन अहिले सडक र

↑