काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा १० औं संस्करणको ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२२’ आयोजना हुने
काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा १० औं संस्करणको ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२२’ यही १५ देखि १७ जेठसम्म तीन दिन आयोजना हुने भएको छ।कलेज अफ जर्नालिज्म एन्ड मास कम्यूनिकेशन र विलक्षण क्रिएसन प्रालिको आयोजनामा हुन लागेको यो महोत्सवमा विभिन्न देशका १०० भन्दा बढी फिल्म प्राप्त भएका थिए।जसमध्यबाट निर्णायक समितिले २६ वटा फिल्म चयन गरेको छ।नेपाल सहित १५ देशका २६ वटा फिल्म चयन भएको महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले बताइन्।
कोरोना महामारी मत्थर भएकाले यतिबेला यो महोत्सव गर्न लागिएको पनि उनले जानकारी दिइन्।नेपाल र अफ्रिकाको चलचित्र संस्कृति आदानप्रदानका लागि फेस्टिभल आयोजना हुँदै आएको हो।महोत्सव निर्देशक डब्बु क्षत्रीका अनुसार यो महोत्सवमा विदेशबाट १४ मुलुकका १५ वटा चलचित्र चयन भएका छन्।जस मध्य अधिकांश अफ्रिकन मुलुकबाट फिल्म चयन गरिएको छ। अन्य मुलुकबाट निर्माण गरिएका अफ्रिकन विषय वस्तुमा आधारित फिल्म पनि महोत्सवमा चयन भएका छन्।

हेटौँडा लिटल स्टार्सको च्यारिटि शो हुदै
हेटौँडा, आगामी भाद्र ७ गते आइतबार ब्रोडकाष्टिङ मिडिया हाउसद्धारा सञ्चालित रेडियो बुलेटिन ८९.७ मेघाहर्जको आयोजनामा ओम्याक्स सिनेमा हल हेटौँडामा

हेटौँडाको एनएस सिनेमा हलमा ‘हिजो आजका कुरा’ का टोली
टेलिशृंखलामा चर्चित भएको नामाबाटनै ठुलो पर्दामा निमार्ण गरिएको नेपाली चलचित्र ‘हिजो आजका कुरा’ प्रचार प्रसारका क्रममा हेटौंडाका्े नारायणी मलमा

हेटौंडामा र्याप ब्याटल 'र्याप तन्त्र' हुने, डिजिटल अडिसन सुरु
हेटौंडामा र्याप ब्याटल र्याप तन्त्रु संचालन हुने भएको छ । सौगात सुनचाँदी पसलको आयोजनामा हेटौंडा–१७ हटियामा र्याप तन्त्र हुने भएको छ । आयोजक





प्रतिकृया दिनुहोस