ताजा खबर

नयाँ दिल्लीमा आचारसंहिता विपरित बनेका २ वटा ४० तले टावर भत्काउने तयारी

भारतको राजधानी नयाँ दिल्ली नजिकै निर्माण गरिएका भारतकै सबै भन्दा अग्ला दुई वटा टावर आगामी आइतबार भत्काईने भएको छ ।नयाँदिल्ली नजिकै उत्तर प्रदेशको नोएडामा निजी कम्पनी सुपरटेकले बनाएका ४० तले ट्वीन टावर विष्फोटन मार्फत भत्काउने तयारी गरिएको हो।सर्वोच्च अदालतले भवन आचारसंहिता उल्लंघन गरी निर्माण गरेको ठहर गर्दै भत्काउन आदेश दिएसँगै प्रशासनले भवन भत्काउने सबै व्यवस्था मिलाएको भारतीय संचार माध्यमले जनाएका छन्।

टावर भत्काउन ३७ सय किलो विष्फोटक पदार्थ भवनमा जडान गरिसकिएको छ।एपेक्स र सियान नाम दिइएका ती दुवै टावर करिब १२ सेकेण्डमा ग्राउण्ड जिरोमा ल्याइने छ।घना बस्ती नजिकै यति ठूलो विष्फोट गराउनु निकै चुनौती हुने भएकाले आइतबार टावर भत्काउनुलाई विश्वकै बिरलै घटना भनिएको छ ।

प्रतिकृया दिनुहोस

बाढी पहिरोबाट ९ सयको मृत्यु भएपछि पाकिस्तानमा राष्ट्रिय सङ्कट घोषणा

  पाकिस्तानमा सरकारले राष्ट्रिय सङ्कट घोषणा गरेको छ।लगातारको बर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरो आएको र मानवीय तथा भौतिक क्षति भएकाले

बंगलादेशमा इन्धनको मूल्यवृद्धि विरुद्ध प्रदर्शन

बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध फेरी प्रदर्शन भएको छ।बंंगलादेशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशत भन्दा बढीले वृद्धि भएपछि

स्वीडेन र फिनल्याडलाई नाटोमा ल्याउने आदेशमा राष्ट्रपति बाइडेनकाे हस्ताक्षर

अमेरिकाका राष्ट्रपति जो बाइडेनले फिनल्याण्ड र स्वीडेनलाई नाटो सैन्य गठबन्धनमा सहभागी गराउने आदेशमा हस्ताक्षर गर्नुभएको छ ।फिनल्याड र स्वीडेनलाई

↑