बाढी पहिरोबाट ९ सयको मृत्यु भएपछि पाकिस्तानमा राष्ट्रिय सङ्कट घोषणा
पाकिस्तानमा सरकारले राष्ट्रिय सङ्कट घोषणा गरेको छ।लगातारको बर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरो आएको र मानवीय तथा भौतिक क्षति भएकाले राष्ट्रिय सङ्कट घोषणा गरिएको हो।सरकारले बिहीबार राष्ट्रिय सङ्कट घोषणा गर्दै आफ्ना सबै शक्ति तथा कार्यक्रम प्रभावित क्षेत्र र पीडित जनतामा केन्द्रित गरिने जनाएको छ।राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो समयमा आएका बाढी पहिरोका घटनामा परी नौ सय ३७ जनाको मृत्यु भएको छ ।ती मध्ये तीन सय ४३ जना बालबालिका रहेका छन्।
त्यसैगरी बाढी पहिरोका कारण अरु हजारौँ मानिस घाइते तथा विस्थापित भएका छन् भने लाखौँ मानिस प्रभावित भएका छन्।मृत्यु भएका मध्ये सबैभन्दा धेरै सिन्ध प्रान्तमा मृत्यु भएको छ।त्यहाँ ३०६ जनाको मृत्यु भएको पाकिस्तानी गृह मन्त्रालले जनाएको छ।पाकिस्तानमा पछिल्लो समय गत जुन १४ देखि बाढी पहिरोका घटना बढेका छन्।त्यसैगरी बालुचिस्तानमा दुई सय ३४,खैबर पख्तुन्ख्वामा एक सय ८५ जना र पन्जावमा १६५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।पाकिस्तानमा अहिले अस्वभाविक रुपमा बर्षा भएको र त्यसको असर पनि अस्वभाविक नै रहेको अधिकारीहरुले जनाएका छन्।
नयाँ दिल्लीमा आचारसंहिता विपरित बनेका २ वटा ४० तले टावर भत्काउने तयारी
भारतको राजधानी नयाँ दिल्ली नजिकै निर्माण गरिएका भारतकै सबै भन्दा अग्ला दुई वटा टावर आगामी आइतबार भत्काईने भएको छ ।नयाँदिल्ली नजिकै उत्तर प्रदेशको
बंगलादेशमा इन्धनको मूल्यवृद्धि विरुद्ध प्रदर्शन
बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध फेरी प्रदर्शन भएको छ।बंंगलादेशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशत भन्दा बढीले वृद्धि भएपछि
स्वीडेन र फिनल्याडलाई नाटोमा ल्याउने आदेशमा राष्ट्रपति बाइडेनकाे हस्ताक्षर
अमेरिकाका राष्ट्रपति जो बाइडेनले फिनल्याण्ड र स्वीडेनलाई नाटो सैन्य गठबन्धनमा सहभागी गराउने आदेशमा हस्ताक्षर गर्नुभएको छ ।फिनल्याड र स्वीडेनलाई





प्रतिकृया दिनुहोस