ताजा खबर

हेटौँडा लिटल स्टार्सको च्यारिटि शो हुदै

SITENAME

हेटौँडा, आगामी भाद्र ७ गते आइतबार ब्रोडकाष्टिङ मिडिया हाउसद्धारा सञ्चालित रेडियो बुलेटिन ८९.७ मेघाहर्जको आयोजनामा ओम्याक्स सिनेमा हल हेटौँडामा मामाघर नेपालको सहयोगार्थ चलचित्र “लिटल स्टार्स”को च्यारिटि शो हुने भएको छ । आइतवार बिहान ८ः३० बजेबाट १०ः३० बजेसम्म सञ्चालन हुने एजे. टिम हेटौँडा प्रा.लि. द्धारा निर्मित उक्त चलचित्र “लिटल स्टार्स”को प्रदर्शनबाट उठेको रकमबाट हेटौँडा – ११ मा रहेको मामाघर नेपाललाई पनि सहयोग गर्न लागिएको रेडियो बुलेटिन ८९.७ मेघाहर्जका प्रबन्ध निर्देशक अनिल कुमार खातिले जानकारी दिनुभयो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यता तथा हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, जिल्ला समन्व समिति मकवानपुरका प्रमुख ललित घलानको विशिष्ट आतिथ्यता रहने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न सरकारी कार्यालय, सामाजिक संघसंस्थाका प्रमुख तथा नागरिक समाजको उपस्थीति रहने उहाँले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस
SITENAME

हेटौँडाको एनएस सिनेमा हलमा ‘हिजो आजका कुरा’ का टोली

टेलिशृंखलामा चर्चित भएको नामाबाटनै ठुलो पर्दामा निमार्ण गरिएको नेपाली चलचित्र ‘हिजो आजका कुरा’ प्रचार प्रसारका क्रममा हेटौंडाका्े नारायणी मलमा

SITENAME

हेटौंडामा र्‍याप ब्याटल 'र्‍याप तन्त्र' हुने, डिजिटल अडिसन सुरु

हेटौंडामा र्‍याप ब्याटल र्‍याप तन्त्रु संचालन हुने भएको छ । सौगात सुनचाँदी पसलको आयोजनामा हेटौंडा–१७ हटियामा र्‍याप तन्त्र हुने भएको छ । आयोजक

SITENAME

पार्टी मिलाएर गठबन्धन जोगाउन देउवालाई सकस

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको आन्तरिक दबाब र सत्तासहयात्री दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट मिलाउन सकसमा परेका

↑