बागमतीमा खेलाडी छनोटको मापदण्ड तयार
बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुदमा खेलाडी छनोटको मापदण्ड तयार गरेको छ।बागमतीले पहिलो बागमती प्रदेश खेलकुदमा समावेश मध्य ७ खेलका खेलाडीको प्रदेश छनोटको मापदण्ड तयार गरेको हो।बागमतीले प्रदेश खेलकुदमा समावेश मध्य भलिबल,फुटबल,क्रिकेट,कराते,तेक्वान्दो, एथलेटिक्स र बक्सिङ खेलका खेलाडी छनोटको ६ वटा आधार बनाएको छ। बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले प्रदेशको बलियो टिम निर्माणका लागि मापदण्ड बनाएर खेलाडी छनोटको आधार तयार गरिएको बताउँछन्।उनका अनुसार प्रथम बागमती प्रदेश स्तरीय खेलकुदमा व्यक्तिगत स्पर्धामा पहिलो र दोस्रो स्थान हासिल गरेका खेलाडी तथा टिम स्पर्धामा छनोटमा परेका खेलाडीलाई प्रदेश छनोटको पहिलो आधार बनाईएको छ।
त्यस्तै, दक्षिण एसियाली खेलकुद सागमा सहभागीता जनाएको,राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेको, राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक जितेको, विभागीय टिमबाट करार भंग गरेर आउन चाहने खेलाडी र १९ औं एसियन गेम्सको बन्द प्रशिक्षणमा सहभागी खेलाडीलाई प्रदेश छनोटमा समावेश गरिने आधार बनाईएको छ ।मापदण्डमा आउने खेलाडीबाट छनोट गरेर प्रदेश टिम तयार गर्ने बागमती प्रदेश खेलकुद विकास परिषद्को तयारी छ।बागमतीले नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने प्रदेशका खेलाडीलाई ४५ दिनको बन्द प्रशिक्षणमा राख्ने निर्णय गरिसकेको छ।राष्ट्रिय खेलकुदमा ३६ वटै खेलमा सहभागी हुने तयारी गरेको बागमतीले जिल्ला छनोट भदौ १० भित्र र प्रदेश छनोट २० गतेभित्र सक्ने बताएको छ ।

खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा मकवानपुरे खेलाडीलाई ६ स्वर्ण
भारतको पन्जाव राज्यमा भएको खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा सहभागी मकवानपुरका खेलाडीले ६ स्वर्ण जितेका छन् । ४ जना खेलाडी सहभागी

सुनचाँदी व्यवसायी संघ र कालीगढ संघद्धारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न
मकवानपुर सुनचाँदी व्यवसायी संघ तथा मकवानपुर कालीगढ संघको संयुक्त आयोजनामा फुटसल प्रतियोगिता सम्पन्न भएको छ । दशैं तिहार तथा छठपर्वको अवसर पारेर
नेपाल र केन्याबीचको दोस्रो खेल आज
नेपाल र केन्याबीचको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट श्रृंखलाको दोस्रो खेल आज शुक्रबार हुनेछ।केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट रंगशालामा





प्रतिकृया दिनुहोस