सुनचाँदी व्यवसायी संघ र कालीगढ संघद्धारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न

मकवानपुर सुनचाँदी व्यवसायी संघ तथा मकवानपुर कालीगढ संघको संयुक्त आयोजनामा फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
दशैं तिहार तथा छठपर्वको अवसर पारेर शुभकामना आदानप्रान सहित मंगलबार सुरु गरिएको खेल विहिबार सम्पन्न गरिएको हो ।सुनचाँदी व्यवसायी तथा कालीगढ विच भएको फुटसल प्रतियोगिताको फाइनल गेममा पिपल बोट वारियर विजयी भएको छ ।
विहिबार घिमीरे ब्रदश र वारिएर विच भएको प्रतियोगिताको फाइनल खेलमा २–२ गोलमा खेलको समय सकिएको थियो ।बराबरीमा खेल सकिएपछि पेनाल्टीमा वारियर विजयी भएको हो ।विजेता टिमलाई मेडल तथा खसी प्रदान गरिएको थियो ।त्यस्तै गरि उप विजेता टिमलाई मेडल संगै कुखुरा प्रदान गरिएको थियो ।
उक्त फुटसल प्रतियोगितामा घिमीरे ब्रदश, पिपल बोट वारिएर, फाइट ब्रदश, प्रभु एस।एसं आर, इम्पीटी र पोर्टो एफ सीले सहभागिता जनाएक थिए ।सोही प्रतियोगीतामा पहिलो गेमको सन्दिप घिमीर,दोस्राको विपिन बराइली, तेस्रो गेमकोको सुजन घिमीरे, चौथो गेमकोको चौथो गेमको निशान सुनार, पाँचौ गेमको योगेन लोप्चन मेनअफ द म्याच घोषित भएका थिए ।
त्यस्तै गरि खेल अबधीभरका बेस्ट किपर पनि योगेन लोप्चन नै भएका थिए ।खेल अवधी भरीकै हाई स्कोरल निशान सुनार र बेष्ट खेलाडी सन्देस विष्ट भएका थिए । सुनचाँदी व्यवसायी अध्यक्ष केशव रसाइलीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमम विजेता समुहलाई सचिव राजकुमार रसाईलीले पुरस्कर हस्तान्तरण गरेका थिए ।

खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा मकवानपुरे खेलाडीलाई ६ स्वर्ण
भारतको पन्जाव राज्यमा भएको खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा सहभागी मकवानपुरका खेलाडीले ६ स्वर्ण जितेका छन् । ४ जना खेलाडी सहभागी
नेपाल र केन्याबीचको दोस्रो खेल आज
नेपाल र केन्याबीचको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट श्रृंखलाको दोस्रो खेल आज शुक्रबार हुनेछ।केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट रंगशालामा
अल्मुताइरीले पठाएको जवाफ एन्फाले तत्काल सार्वजनिक नगर्ने
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पठाएको जवाफ अखिल नेपाल फुटबल संघ (एन्फा)ले तत्काल सार्वजनिक नगर्ने संकेत





प्रतिकृया दिनुहोस