ताजा खबर

नेपाल र केन्याबीचको दोस्रो खेल आज

नेपाल र केन्याबीचको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट श्रृंखलाको दोस्रो खेल आज शुक्रबार हुनेछ।केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट रंगशालामा दिउँसो पौने ४ बजे खेल सुरु हुनेछ।शुक्रबारको खेल पनि जित्दै नेपाल श्रृंखलामा २–० को अग्रता लिने लक्ष्यमा रहेको छ।यता, केन्या भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ।बिहीबार भएको पहिलो खेलमा केन्यालाई ५ विकेटले हराउँदै नेपालले १–० को अग्रता लिईसकेको छ।नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा बिहबिार केन्याले दिएको १ सय ३१ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रन बनाउँदा ज्ञानेन्द्र मल्लले २३ रन तथा आरिफ शेख २४ रनमा अविजित रहे।केन्याका लुकास ओलुओच र भिराज पटेलले २/२ विकेट लिए।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो।केन्याका लागि इरफान करिमले सर्वाधिक ३४ रन बनाए।नेपालका सोमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए।नेपालले केन्याविरुद्ध आइतबार तेस्रो खेल खेल्नेछ।त्यस्तै दुई टोलीबीच चौंथो खेल सोमबार र पाँचौ तथा अन्तिम खेल मंगलबार हुनेछ।टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग तीन एकदिवसीय सिरिज खेल्नेछ।पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ।

प्रतिकृया दिनुहोस
SITENAME

खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा मकवानपुरे खेलाडीलाई ६ स्वर्ण

भारतको पन्जाव राज्यमा भएको खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा सहभागी मकवानपुरका खेलाडीले ६ स्वर्ण जितेका छन् । ४ जना खेलाडी सहभागी

SITENAME

सुनचाँदी व्यवसायी संघ र कालीगढ संघद्धारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न

मकवानपुर सुनचाँदी व्यवसायी संघ तथा मकवानपुर कालीगढ संघको संयुक्त आयोजनामा फुटसल प्रतियोगिता सम्पन्न भएको छ । दशैं तिहार तथा छठपर्वको अवसर पारेर

अल्मुताइरीले पठाएको जवाफ एन्फाले तत्काल सार्वजनिक नगर्ने

  नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पठाएको जवाफ अखिल नेपाल फुटबल संघ (एन्फा)ले तत्काल सार्वजनिक नगर्ने संकेत

↑