ताजा खबर

अखिल (क्रान्तिकारी) नारायणी व्युरोको प्रथम बैठक सम्पन्न

SITENAME


मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) नारायणी व्युरोको प्रथम बैठक सम्पन्न भएको छ । बैठकले आसन्न स्ववियु निर्वाचन विशेष महत्त्वपूर्ण निर्णयहरु लिएको छ ।

अखिल (क्रान्तिकारी) नारायणी व्युरोको प्रथम बैठक आज मकवानपुरमा बसेको हो । सोमबार दिउँसो बसेको बैठकमा पार्टीका पिबिएम तथा नारायणी व्युरोका इन्चार्ज एटम सीको प्रमुख आतिथ्यता र पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज राम सीको(वाटर) विशेष आतिथ्यता र अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य अटल सीको आतिथ्यता रहेको थियो । 

अखिल (क्रान्तिकारी) नारायणीका व्युरो इन्चार्ज विवेक सीको अध्यक्षतामा बसेको बैठकले विशेषत आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचन बारे महत्त्वपूर्ण निर्णय गरेको छ । यथास्थितिवादी सत्ता, व्यवस्था र अबस्था परिवर्तनका लागि खुलेको क्रान्तिकारी विद्यार्थीहरुको छाता संगठन स्वतन्त्र विद्यार्थी युनियनको आगामी निर्वाचनमा सहभागी भइ विकृत शैक्षिक क्षेत्रको सुधारका निम्ति महत्त्वपूर्ण योगदान पुर्‍याउने उद्देश्यका साथ आवश्यक तयारीमा लाग्न बैठकले प्रेरित गरेको छ ।

साथै नारायणी व्युरो अन्तर्गत पर्ने मकवानपुर, चितवन, बारा, पर्सा, रौतहट र डिवान जिल्लामा आवश्यक राजनीतिक, वैचारिक र सांगठनिक कार्यका साथै संघर्षनात्मक कार्य सम्बन्धि बैठकले निर्णय लिएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

मकवानपुर क्याम्पसले रच्यो ईतिहास, बिधार्थीले गरे नेपाल टप 

  हेटौंडा। मकवानपुर बहुमुखी क्याम्पसका बीबीएका बिधार्थीले उत्कृष्ट नतिजा प्राप्त गर्दै, नेपाल टप गरेका छन्। यसै बिच क्याम्पसले खुसीयाली र्यालीको

SITENAME

अखिल (क्रान्तिकारी) मकवानपुरको दोश्रो पूर्ण बैठक सम्पन्न

  मकवानपुर । अखिल (क्रान्तिकारी) मकवानपुरको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ । जिल्ला अध्यक्ष सुर्य सीको अध्यक्षतामा बसेको बैठकले आसन्न स्ववियु

SITENAME

चर्को बैंक ब्याजदर, लघुवित्त र मिटर ब्याजिको ज्यादती विरुद्ध नेकपा मकवानपुरको विरोध प्रदर्शन

  मकवानपुर । विभिन्न किसिमका वित्तीय संघसंस्था तथा मिटर ब्याजी पीडितले नेकपा मकवानपुरको नेतृत्वमा चर्को बैंक ब्याजदर, लघुवित्त र मिटर ब्याजिको

↑