अज्ञानताको पर्दा हटाउ करुणा,प्रेम दयाको बिउ रोपौ

हाल एउटा बिषय, जसले चर्चा पाइरहेको छ । जुन हजारौं सालदेखि हाम्रो समाजमा चलिरहेको छ ।
त्यो हो जात, लिङ्गको आधार गरिने बिभेद र छुवाछूत, जुन अहिले सडक र सदनमा पनि यो बिषय उठान गरिदैछ । यसै बिषयमा केही चर्चा गर्न चाहन्छु । मैले प्रस्तुत गरेको बिचारद्वारा कही कसैलाई हानी पु¥याउने मेरो उद्देश्य नभएको यहाँहरु सामु निबेदन गर्न चाहन्छु ।
बिभेद र छुवाछुतका बिषयलाई जटिल र जगडिएको रुपमा हेरिदैछ । तर एक खाले ,तर्क र एकहोरो तर्फबाट हेर्दा यो पक्कै पनि त्यस्तै देखिन्छ ।
यहाँहरुलाई तर्क नौलो र पृथक लाग्न सक्छ । तर यहाँहरुले यदि मेरो दृष्टिकोण मेरो नजर या भनु मेरो आँखाबाट हेर्नुभयो भने सायद त्यस्तो नलाग्ने मेरो बिस्वास छ । केही उदाहरणसहित यहाँहरुमा प्रस्तुत हुन चाहन्छु ।
छुवाछूत
मानिसको बिकास क्रममा बंश, गोत्र, गण कबिला अधिराज्य हुदै समयक्रममा तत्कालको सामाजिक, सांस्कृतिक संरचना बिकासको निम्ति अगाडि बढ्दै जाने क्रममा बर्ण ब्यवस्था, त्यसबाट जातको ब्यवस्था र शिल्पको आधारमा वर्गीकरण गर्ने क्रमबाट छुवाछूतको बिकास भएको पाइन्छ ।
जस्तो कर्मकाण्डी गर्ने बाहुन, रक्षा गर्ने तथा लडाई गर्ने छेत्री, जुत्ता चप्पल बनाउने सार्की, औजार बनाउने फलामको काम गर्ने कामी, फोहोर, पाइखानाको सरसफाई गर्ने पोडे आदि । यसबाट के बुझ्न सकिन्छ भने समाजमा कामको आधारमा छुवाछूत सिर्जना गरिएको रहेछ ।
हाम्रो पितापुर्खाले पोडे, कामी, सार्कीलगायत जसलाई सानो जातमा वर्गीकृत गराउने काम भयो, तिनिहरुले छोएको खान हुदैन भन्दै आए, त्यही चलन चल्दै गयो । हो, यहाँनेर हामीले अलि गम्भीर भएर सोच्नु पर्ने भएको छ । हाम्रा पुर्खाले कुन अभिप्राय, उद्देश्य र सोचले यसो गरे भने तर हेर्नुस् वास्तवमा यसो भन्नुमा वहाँहरुको गलत मनसाय, उद्देश्य थिएन । यसको त बैज्ञानिक कारण थियो र छ । हेर्नुस पोडे, कामी, च्यामे, सार्कीले काम गर्दा फोहोर छोएको हुन्छन्, जसमा किटाणुहरु हुनसक्छन । जसबाट रोग लाग्न सक्छ । मानिसहरु बिरामी हुन थाल्छन् । बिस्तारै बढ्दै समाजमा रोग फैलिन सक्छ । यस कारणले गर्दा, उनीहरुले छोएको खानु हुन्न भनेका हुन् तर उनीहरुले काम सिद्दिएपछि राम्रोसँग सरसफाई गरी किटाणुरहित भई आएमा अङ्कमाल गरी सँगै बसी खाए भैगो नि । बुझाईको, चेतनाको कमीले गर्दा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुने क्रममा त्यो जातको मान्छेलाई नै अछुत बनाइयो र अहिले त्यो कुलमा जन्म लिने, जन्मेको आधारमा अछुत भन्ने मानसिकताको बिकास भयो । सबै मानिस समान छ्न् । सबैको एकै ठाउमा नाक कान मुख छ र जन्मिने प्रक्रिया एउटै छ । अक्सिजनद्वारा बाच्ने, काटे रगत आउने, गाली गरे चित्त दुख्ने, फरक केही छ त < अब हामीले यति बुझीसकेपछि । छुवाछूत, जात केही होइन । यो त चेतनाको कमि रहेछ । त्यसैले चेतनाको बिकास सकारात्मक सोच हुनु नै यसको औषधी हो भन्न मिल्ला कि नमिल्ला <
जातभात
मानिसले अहिले सबभन्दा बढी समय, दिमाख, पैसा, रिसर्च र उर्जा केमा खर्च गरीरहेका छ्न् सोच्नुस् त < त्यो हो हतियार निर्माण गर्ने कार्यमा, अनि यसले के गर्छ < यसको उद्देश्य के हो < हामीलाई प्रस्ट रुपमा थाहा छ । यसबाट उत्पन हुने परिणाम भनेको बिनाश, कलह, हिंसा र हत्या आदि नै हो । हतियार निर्माण गर्नेले हतियारधारीको संख्या बढाउनु हो र यसको लागि समस्या उत्पति गराई बिद्रोही जन्माउनु हो । हामीलाइ यो पनि थाहा छ यो गलत हो । हत्याहिंसा हुनु हुदैन । र यसको अन्त गरिनु पर्छ । तर यसको अन्तको समाधान के त यसको औषधी के हो त <
के बुलेटप्रुफ जाकेट, बुलेटप्रुफ गाडी या बम गोली छेक्ने अन्य सामाग्री हो < हो यहीँ नेर हामीले गहनरुपमा सोच्नु पर्ने भएको छ । पक्कै पनि त्यो यस समस्याको अचुक समाधान होइन । त्यसको उपाय त्यो पनि अचुक भनेको त हतियार निर्माण गर्ने र त्यो हिंस्रक बिचार नै त्याग गर्ने हो । होइन त < हतियारले बिजयको महसुस गराएता पनि त्यो क्षणिक र भ्रमित हो असत्य हो, यसले शान्ति नभई अशान्तितिर उन्मुख गराउछ । इतिहासको एउटा कालखण्डको चक्रवती राजा अशोकको जीवनीको अध्ययनले पनि त्यो प्रमाणित गरेको छ ।
हेर्नुस्, अहिले कोबिड १९ को महामारी चलीरहेको छ।हामीले यसबाट बच्ने उपाय खोजीरहेका छौ । खोजमा पहिलो माक्स, त्यसैगरी सेनिटाईजर अनि एकान्त बास अनि रोग प्रतिकात्मक क्षमता बृद्धि गर्ने खोप त्योभन्दा माथिको अन्तिम उपाय भनेको त्यो रोगको किटाणु समाप्त पार्ने औषधी नै हो ।
माथिका उदाहरणबाट मैले यहाँहरुलाई के प्रस्टाउने प्रयास गर्दैछु भने उपाय यस्तो निकाल्नु पर्यो जुन अचुक होस ।
अहिले हामी सामाजिक सञ्जालमा बिभेद छुवाछूतको विषयमा केन्द्रित भैरहदा जात के हो यो कसरी सुरुवात भयो, कुन कुन समयमा कसरी घटना भयो भन्ने बिषयमा मात्रै बढी केन्द्रित भैरहेका छौ । तर्क बिश्लेषण गरीरहेका छौ । तर समाधानको पाटोमा कमजोर भैरहका छौ ।
जस्तो उदाहरणको लागि, हामी सबैले हिन्दु धार्मिक ग्रन्थ रामायण त सुनेका छौ । रामायणमा रामले रावणको बध गरेको हामीले पाउछौ तर रामले रावणको बध गरे पनि रावणले रामको बध गरे पनि या महाभारतको लडाईमा कति संख्यामा मानिसहरु मरे भन्ने बिषयको अध्ययन, चर्चाले अहिले तपाई हाम्रो जीवनमा यसले केही फरक पर्दैन, केही परिवर्तन हुदैन हो म यो मान्छु, रामायण, महाभारतले एउटा सन्देश दिएको छ । त्यो सन्देश भनेको असत्य माथि सधै सत्यको बिजय हुन्छ । यसको अध्ययन र चर्चाले भगवान राम या कृष्ण प्राप्त गर्न सकिन्, हिन्दुग्रन्थ बेदले भनेको छ । कर्मयोग, भक्तियोग र ज्ञानयोग भगवान् प्राप्तिको लागि ज्ञानयोगबाट मात्र सम्भव छ । त्यसका लागि त्यो ज्ञान, त्यो निश्चित सुत्र या बिधी होला । त्यसको खोज गर्नुपर्यो अनि अनुशरण गर्नुप¥यो ।
आँपको सुक्ष्म अध्ययन या पिएचडी गरेर आँपको बर्णन त गर्न सकिएला, सयौं पन्नाका किताब लेख्न सकिएला तर त्यसको स्वादको लागि त खान जरुरी छ । ठिक त्यसैगरी जातभात र छुवाछूतको उत्पति र यसको घटना/परिघटनाको अध्ययन र बिश्लेषणले मात्र पुग्दैन । त्यसको लागि उपाय पत्ता लगाउनुपर्यो, त्यो पनि अचुक, वर्तमानको लागि मात्र नभई भबिस्यमा कहिलै नदोहोरिने गरी, यसका उपायहरुमा चर्चा नभएको भने होइन । चर्चा भएको छ । धारणा पनि आएको छ । कानुन निर्माण भएका छन् । त्यसको प्रयोग पनि भएकै छ । कसैले भन्छ्न् जहाँ बिभेद हुन्छ, त्यहाँ तत्कालै आवाज उठाउनुपर्छ, प्रतिबाद गर्नुपर्छ । कोही भन्छन् भौतिक कारबाही गर्नुपर्छ । कोही भन्छ्न, जेल हाल्नुपर्छ । के यसो गर्दा साच्चै समाधान भएको छ < बिभेद भएको घटनामा सजाय भएको थुप्रै उदाहरण छ्न् तर अन्त भएको छैन । त्यसैले हामीले अब एउटा यस्तो उपाय पत्ता लगाउनुपर्यो जसको प्रयोगले सँधैको लागि छुवाछूत, जातभात मात्र नभई सबै खाले बिभेद अन्त होस् के त्यो सम्भव छ < पक्कै पनि सम्भब छ भन्ने मेरो बुझाई हो । जुन उपाय, औषधीको प्रयोगले कसैलाई हानी नगरी, गालि नगरी, भौतिक कारबाही नगरी, जेल नहाली, पिडा नदिई अन्त गर्न सकिन्छ ।
हामी दुइ जात, महिला र पुरुष
संसारमा हाल दुई वटा बिचारधाराबाट मानव समाज चलायमान छ । एउटा अध्यात्मिक र अर्को भौतिक । यी दुबै दर्शनले जातभात छुवाछूत मान्दैन । भौतिक रुपमै हेर्नुहुन्छ भने लोकप्रिय चर्चित दर्शन माक्र्सवादले जात जम्मा दुई वटा मात्र छ भनेका छन् । एउटा महिला र अर्को पुरुष भनेको छ । अध्यात्मिक रुपमा पनि हामी हेर्न सक्छौँ । हिन्दुको महान् सर्वश्रेष्ठ देवता महादेव र उनका पत्नि पार्वतीको आधा–आधा शरिर जोडिएको आधा महिला र आधा पुरुष भएको तस्बिर जसलाई आदि शक्ति पनि भनिन्छ। अर्थात पहिलो महिला अनि पुरुष र बाँकि तपसिल हुन् । अब हामीले यति चेतना प्राप्त गरिसकेपछि के फेरी पनि हामी त्यही जातभात छुवाछुतमा अल्मलिन मिल्छ < हामी त संसारको बुद्धिवान, चेतना भएको प्राणी मानिस पो हौ त ।
जातभात छुवाछुत भनेको त मानव बिकास क्रममा क्रमशः विकास हुदै आएको हो । चेतनाको बिकाससँगै यसबाट उत्पन्न समस्या बिस्तारै न्यूनीकरण पनि भइ नै रहेको हामीले पाउन सक्छौ । अब हामीले न्यूनीकरण मात्र नभई सँधैको लागि अन्त गर्ने अचुक औषधी प्रयोग गर्नु प्रमुख पाटो हो ।
एकदमै सरल साधारण प्रयोगद्वारा हामीले सदाको लागि अन्त गर्न सक्छौ । हामीले एउटा यस्तो समाजको निर्माण गरौँ, जहाँ सकारात्मकता मात्रै होस् । प्रत्येक मानिसले नकारात्मक भावना रोष, दोष, हिनताबोध, प्रतिसोध, घमण्ड र कुबिचारको त्याग गरोस् दया, माया, क्षमा, करुणा र आदर सम्मानको चेतनालाई आत्मसात गरोस् । यही नै यसको अन्तिम बिकल्प हुन सक्छ ।

राजनीतिबाट टाढा रहन सक्दिन; अधिकारी
राजनीतिक अभियान्ता तथा अधिवक्ता बिशभ अधिकारीले आफु राजनीतिक मान्छे भएको र राजनीतिबाट धेरै समय टाढा रहेर स्वतन्त्र बस्न नसक्ने कुराको जिकिर

नागरिकता विधेयकको नाममा भएका भित्रिय राजनीति
नागरिकता विधेयक संसदबाट पास गरे लगत्तै देशमा यसको विषयमा व्यापक बिरोध भैरहेको छ। नागरिकता विधेयक आवश्यकता अनुसार ल्याउनु पर्छ। तर विधेयकको

लागुपदार्थ दुर्ब्यसनीको लतले जगटिएको हाम्रो समाज
आज अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अबैध तस्करी बिरुद्ध दिवस विभिन्न कार्यक्रम गरि मनाइरहेका छौ।यसको प्रयोग र न्यूनीकरण सम्बन्धि चिन्ता व्यक्त





प्रतिकृया दिनुहोस