ताजा खबर

राजनीतिबाट टाढा रहन सक्दिन; अधिकारी

SITENAME

 

राजनीतिक अभियान्ता तथा अधिवक्ता बिशभ अधिकारीले आफु राजनीतिक मान्छे भएको र राजनीतिबाट धेरै समय टाढा रहेर स्वतन्त्र बस्न नसक्ने कुराको जिकिर गरेका छन्। राप्रपाका पुर्व प्रवक्ता समेत रहेका अधिकारी गएको स्थानीय तहको निर्वाचनमा मेयरका लागि सिफारिस गरेका व्यक्ति हुन् तर पार्टीले सिफारिस नै नगरेको व्यक्तिले आएर मेयर लडे पछि पार्टी लोकतान्त्रिक नरहेको र सामन्ती चिन्तन हावी भएको भन्दै पार्टी परित्याग गरेका थिए। एकिकृत समाजवादी पार्टीले उनिलाई मकवानपुर १ नम्बर क्षेत्रवाट नाम सिफारिस गरेपछि आफु त्यो पार्टीमा नरहेको र पार्टीले जबरजस्ती नाम सिफारिस गरेको भन्दै बिज्ञप्ति जारी गर्दै आफु स्वतन्त्र रहेका जानकारी गराएका अधिकारीले आफु फेरि राजनीतिमा सक्रिय हुने जानकारी सामाजिक सञ्जाल मार्फत दिएका छन्।

कुन पार्टीमा लाग्ने भन्ने बारे नखुलाएका अधिकारीले फेसबुकमा यसरी लेखेका छन;आफ्नो शक्ति र सार्मथ बिर्सिएको हनुमानलाई कसैले तिमीमा अपार शक्ति छ, यो समुद्र तरेर पार जान सक्छौ भनेर सम्झाइ दिनुपरेको थियो। आज म जस्ता तमाम युवाहरुले आफु अन्तरनिहित शक्ति,साहस, क्षमता बिर्सिदा देश केही मुठठीभर दलका नेताहरूको सेण्डीकेटबाट चलिराख्या छ। मुलुकमा बास्तबिकतामै बिकास सम्भव छ, बिदेशीको चलखेल र हस्तक्षेप बिना पनि हामी चल्न सक्छौ, स्वाधिन राष्ट्र बनाउन सक्छौ भन्ने बातावरण हामी युवाहरुले बनाउने हो। राजनिति भनेको बिकृतिहरूलाई सफा गर्ने हो। राजनितिप्रति आशा जगाउने हो। राज्य जनताको हितको लागि हुनुपर्छ भन्ने बोध गराउने हो। नैतिक र चारित्रिक बलमा राजनितिलाई खडा गर्ने हो। राष्टियता जनतन्त्र जनजिविकाको पुर्णत ग्यारेण्टी गर्ने हो। इतिहासप्रति गर्व गर्ने, राष्ट्रप्रतिको समर्पित भाबलाई जगाउने, अबको पुस्ताले गर्छ गर्नुपर्छ भन्ने सन्देश दिन सक्नुपर्छ। वास्तवमा हामी हाम्रा राजनीतिक नेताहरूलाई कहिल्यै परिवर्तन गर्दैनौं जबसम्म हामीले उनीहरूलाई चुन्ने जनतालाई परिवर्तन गर्नसक्दैनौ।

त्यसैले स्वतन्त्र राजनीति जिवनलाई बिट मार्दै,‌ सक्रिय राजनीति जिवनको प्रारम्भ गर्दैछु। छिट्टै राजनीतिक रूपमा क्रियाशील हुनेछु। यो बिचमा मबाट पनि केही गल्ती कमिकमजोरीहरु भए होलान्, तर मेरो उद्देश्य र लक्ष्य गलत होइन।
तपाइहरू सबैको माया, सदभाव र स्नेह हिजो जस्तै निरन्तर पाउने आसा राखेको छु।

(बिशभ अधिकारीको फेसबुकबाट साभा)

प्रतिकृया दिनुहोस
SITENAME

नागरिकता विधेयकको नाममा भएका भित्रिय राजनीति

  नागरिकता विधेयक संसदबाट पास गरे लगत्तै देशमा यसको विषयमा व्यापक बिरोध भैरहेको छ। नागरिकता विधेयक आवश्यकता अनुसार ल्याउनु पर्छ। तर विधेयकको

SITENAME

लागुपदार्थ  दुर्ब्यसनीको लतले जगटिएको हाम्रो समाज

  आज अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अबैध तस्करी बिरुद्ध दिवस विभिन्न कार्यक्रम गरि मनाइरहेका छौ।यसको प्रयोग र न्यूनीकरण सम्बन्धि चिन्ता व्यक्त

SITENAME

अज्ञानताको पर्दा हटाउ करुणा,प्रेम दयाको बिउ रोपौ

हाल एउटा बिषय, जसले चर्चा पाइरहेको छ । जुन हजारौं सालदेखि हाम्रो समाजमा  चलिरहेको छ । त्यो हो जात, लिङ्गको आधार गरिने बिभेद र छुवाछूत, जुन अहिले सडक र

↑